शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिएसँगै इराकमा हिंसा भड्कियो, २४ जनाको मृत्यु « Khabarhub

शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिएसँगै इराकमा हिंसा भड्कियो, २४ जनाको मृत्यु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायीले राजधानी बग्दादमा हिंसात्मक प्रदर्शन गरेका छन् ।

केही दिनअघिमात्रै शिया धर्मगुरु एवम् इराकी राजनीतिमा निकै प्रभावशाली मानिने मोक्तदा अल सदरले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका थिए ।

उनको घोषणासँगै उनका अनुयायी एवम् समर्थक र सुरक्षा बलबीच भएको झडपमा २४ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । दोहोरो झडपमा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।

धर्मगुरु मोक्तदा अल सदरप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ । यद्यपि हिंसात्मक गतिविधि भने रोकिएका छैनन् ।

यसैबीच, युरोपेली सङ्घले इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको छ । सङ्घले सबै पक्षलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

युरोपेली सङ्घले इराकका सबै राजनीतिक शक्तिलाई संवैधानिक ढाँचा भित्र रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान पनि गरेको छ ।

इराकका कुर्द राजनीतिज्ञ मसुद बर्जानीले पनि दलहरूलाई द्वन्द्व समाधानका निम्ति हतियार र हिंसाको भाषा प्रयोग नगर्न तथा संयमित हुन आग्रह गरेका छन् ।

उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिश क्षेत्रका पूर्व राष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बरजानीले सबै पक्षलाई इराकी जनताको भलाइ हुने समाधानबारे सोच्न तथा उनीहरूको हित ख्याल गर्न अनुरोध गरेका छन् ।

छिमेकी देश टर्कीले भने आफ्ना नागरिकलाई बगदादको भ्रमण नगर्न आग्रह गरेको छ । टर्कीले इराकमा जारी सङ्कट समाधान गर्न समावेशी वार्ताका लागि आह्वान गरेको छ ।

इराकमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै टर्कीको विदेश मन्त्रालयले वर्तमान राजनीतिक द्वन्द्व शान्तिपूर्ण र समावेशी वार्ताका माध्यमबाटै समाधान हुने तथा इराकी जनताको शान्ति एवम् भलाई सुनिश्चित हुने बताएको छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद विर्सेर वार्तामा बस्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ४ : ५० बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि