शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिएसँगै इराकमा हिंसा भड्कियो, २४ जनाको मृत्यु « Khabarhub

शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिएसँगै इराकमा हिंसा भड्कियो, २४ जनाको मृत्यु


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायीले राजधानी बग्दादमा हिंसात्मक प्रदर्शन गरेका छन् ।

केही दिनअघिमात्रै शिया धर्मगुरु एवम् इराकी राजनीतिमा निकै प्रभावशाली मानिने मोक्तदा अल सदरले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका थिए ।

उनको घोषणासँगै उनका अनुयायी एवम् समर्थक र सुरक्षा बलबीच भएको झडपमा २४ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । दोहोरो झडपमा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।

धर्मगुरु मोक्तदा अल सदरप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ । यद्यपि हिंसात्मक गतिविधि भने रोकिएका छैनन् ।

यसैबीच, युरोपेली सङ्घले इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको छ । सङ्घले सबै पक्षलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

युरोपेली सङ्घले इराकका सबै राजनीतिक शक्तिलाई संवैधानिक ढाँचा भित्र रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान पनि गरेको छ ।

इराकका कुर्द राजनीतिज्ञ मसुद बर्जानीले पनि दलहरूलाई द्वन्द्व समाधानका निम्ति हतियार र हिंसाको भाषा प्रयोग नगर्न तथा संयमित हुन आग्रह गरेका छन् ।

उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिश क्षेत्रका पूर्व राष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बरजानीले सबै पक्षलाई इराकी जनताको भलाइ हुने समाधानबारे सोच्न तथा उनीहरूको हित ख्याल गर्न अनुरोध गरेका छन् ।

छिमेकी देश टर्कीले भने आफ्ना नागरिकलाई बगदादको भ्रमण नगर्न आग्रह गरेको छ । टर्कीले इराकमा जारी सङ्कट समाधान गर्न समावेशी वार्ताका लागि आह्वान गरेको छ ।

इराकमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै टर्कीको विदेश मन्त्रालयले वर्तमान राजनीतिक द्वन्द्व शान्तिपूर्ण र समावेशी वार्ताका माध्यमबाटै समाधान हुने तथा इराकी जनताको शान्ति एवम् भलाई सुनिश्चित हुने बताएको छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद विर्सेर वार्तामा बस्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ४ : ५० बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न