मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै « Khabarhub

मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो ।

आज नेपाल भिकाइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको इन्टरपोल शाखाको टोलीले नियन्त्रणमा लिई थप कारबाहीका लागि ब्युरोमा पठाएको छ ।

अधिकारीले सुरुमा मासिक रु एक लाख ५० हजार तलब हुने गरी क्यानेडाली कम्पनीमा रोजगारी मिलाइदिने बहानामा पीडितको २५/२५ सय डलर र पासपोर्टसमेत लिएका खुलेको छ ।

त्यसपछि उनले संयुक्त अरब इमिरेट्समा राखेकोमा त्यहाँबाट लिबिया हुँदै इटाली लाने भनी पुनः रु तीन लाख आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई पीडितलाई लिबियाको शरणार्थी क्याम्पमा पु¥याएका थिए ।

क्याम्पमै रहेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितलाई नेपाल फिर्ता ल्याइएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : १९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग