अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने « Khabarhub

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्र बैंकले क्यासिनो, बिमा तथा डेटिङ लगाएतका सेवाको भुक्तानीमा डलर कार्ड प्रयोगमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । त्यस्तै डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न पाइने छैन ।

प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग गर्न पाइने छैन । बैंकले विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि नपाइने जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ४३ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ