आयोग चलाउने छुट्टै ऐन हुनुपर्ने सातै प्रदेशका नीति आयोगका उपाध्यक्षहरूको माग « Khabarhub

आयोग चलाउने छुट्टै ऐन हुनुपर्ने सातै प्रदेशका नीति आयोगका उपाध्यक्षहरूको माग


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरूले आयोग सञ्चालनका लागि छुट्टै ऐन बनाइदिन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

५ र ६ भदौमा पोखरामा भएको भेलाले निकालेको निष्कर्ष गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको हो । प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरूको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरूको मस्यौदासहितको विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझेपछि मुख्यमन्त्री पोखरेलले ऐन ल्याउन पहल गर्ने बताए । राष्ट्रिय योजना आयोगसमेत हालसम्म गठनादेशबाट चलेको भन्दै त्यो गलत भएको बताए । ‘राष्ट्रिय योजना आयोग बनेको ६ दशक भइसक्यो । अहिले पनि गठनादेशबाट चलिरहेको छ,’ उनले भने, ‘यो विडम्वनापूर्ण कुरा हो । भेलामा भएका निर्णय कार्यान्वयनका लागि सक्दो पहल गर्छु ।’

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. काफ्लेले प्रदेशका आयोगलाई सशक्त र प्रभावकारी बनाउन ऐन ल्याउन जरुरी रहेको बताए । प्रदेश तथ्यांक व्यवस्थापन ऐन, प्रदेश आयोजना बैंक निर्माणसम्बन्धी मापदण्ड, प्रदेश आयोजना बैंक दिग्दर्शन, प्रदेश योजना अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा पनि हस्तान्तरण गरेका छन् ।

नीति तथा योजना आयोगका लागि आवश्यक जनशक्तिको प्रक्षेपण गरी त्यसैअनुसार तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनसमेत उक्त अवसरमा हस्तान्तरण गरिएको छ । उक्त निर्णय सबै प्रदेशका उपाध्यक्षले मुख्यमन्त्रीलाई बुझाएका छन् । भेलाले संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय हुनुपर्ने, संविधान तथा कानुनले व्यवस्था गरेका परिषद् तथा समितिहरूको नियमित बैठक बसी आवश्यक निर्णय लिने परिपाटी बसाल्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ११ : २२ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग