दूध उत्पादनमा आत्मनिर्भर मेलम्ची नगरपालिका « Khabarhub

दूध उत्पादनमा आत्मनिर्भर मेलम्ची नगरपालिका


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलहरूमा बिक्री गर्दै आएका किसान अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक दुग्ध उत्पादनमा लागेका छन् । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाँउमा भैँसीपालनमा गर्दा आम्दानी हने दुवाचौरका साने थिङले बताए । उनले  भने, ‘परिवार पालेर महिनामा ७० हजारसम्म आम्दानी हुने गरेको छु ।’

त्यस्तै मेलम्चीका अर्का किसान जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेको र आफू सन्तुष्ट रहेको बताउँछन् । पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईबस्तु पाल्ने र दूध उत्पादन गर्ने किसानहरू बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्नेहरू बढेका छन्, किसानहरूले एउटै फार्ममा कम्तीमा १० देखि ८० वटा सम्म उन्नत नस्लका गाईभैँसी  पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानिका अर्का किसान बच्चुराम गिरीले बताउनुभयो । मेलम्ची नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध संकलन हुने गरेको छ । संकलन भएको दूध काठमाडौँ निर्यात हुँदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसेले बताए । उनले भने ‘पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।’

मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड रहेको छ । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १ : २३ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा