लाल मोहम्मद हत्याका तीन आरोपित सार्वजनिक « Khabarhub

लाल मोहम्मद हत्याका तीन आरोपित सार्वजनिक


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले  सार्वजनिक गरेको छ । उनको गत असोज ३ गते  काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ रहेका छन् । उनले उक्त हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । त्यसैगरी उक्त हत्याकाण्डमा संलग्न भएका अभियोगमा प्रहरीले पर्साकै वीरगञ्ज महानगरपालिका-१५ निवासी १९ वर्षीय रेहान मियाँलाई पनि पक्राउ गरेको छ। उनले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापनमा सघाएको खुलेको छ।

प्रहरीले उक्त हत्याकाण्डमा संलग्न भएको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानलाई पनि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनले मृतकको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन् । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडिको सडक खण्डसँगै रहेको खुल्ला स्थानमा सवारी साधन रोकी उनको हत्या गरिएको थियो ।

असोज ३ गते कारबाट ओर्लिने क्रममा सर्लाहीको सिसौरिया-६ स्थायी घर भए ई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले गोली प्रहार गरी हत्या गरेका थिए। 

गोली लागी घाइते भएका उनलाई शंखरापुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारको क्रममा उनको असोज ३ गते राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो ।  उक्त घटनाबारे प्रहरीको विशेष टोलीले अनुसन्धानका क्रममा तीनजनालाई उपत्यकासहित वीरगञ्जसहितका भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो । उनीहरूलाई केही दिन पहिल्यै पक्राउ गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : २१ बजे

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका