पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रसंशा « Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रसंशा


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले चीन र चिनियाँ नेतृत्वको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा सहयोग गरेको बताउँदै चीनको प्रसंशा गरेका हुन् ।

राजधानी इस्लामावादमा पाकिस्तानका लागि चिनियाँ राजदूतावासले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममाा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिरोले पु¥याएको क्षतिपछि समयमै चीनले खाद्यान्न लगायतका सामग्री सहयोग गरेर पाकिस्तानी जनतालाई सान्त्वना प्रदान गरेको बताए ।

पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारविहीन भएको र उनीहरुलाई खाना र बस्नको समस्या भएका बेला चीनले ठूलो सहायता प्रदान गरेको प्रधानमन्त्री सरिफले बताए ।

शुक्रबार बिहान इस्लामावादस्थित पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आयोजना भएको सो कार्यक्रममा चीन सरकारले पाकिस्तानलाई छ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।

पाकिस्तानका बाढी पीडितका लागि चीनले अघिल्लो महिनादेखि नै खाद्यान्न, औषधि एवं अन्य सहयोगहरु उपलब्ध गराउँदै आएको छ । यस वर्षको मनसुनी वर्षाका कारण पाकिस्तानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको छ ।

यसवर्षको सो मनसुनी वर्षाबाट पाकिस्तानमा एक हजार पाँच सयभन्दा बढीको ज्यान गएको छ भने भौतिक संरचनाहरुमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ३९ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका