पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रसंशा | Khabarhub Khabarhub

पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रसंशा


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले चीन र चिनियाँ नेतृत्वको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा सहयोग गरेको बताउँदै चीनको प्रसंशा गरेका हुन् ।

राजधानी इस्लामावादमा पाकिस्तानका लागि चिनियाँ राजदूतावासले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममाा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिरोले पु¥याएको क्षतिपछि समयमै चीनले खाद्यान्न लगायतका सामग्री सहयोग गरेर पाकिस्तानी जनतालाई सान्त्वना प्रदान गरेको बताए ।

पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारविहीन भएको र उनीहरुलाई खाना र बस्नको समस्या भएका बेला चीनले ठूलो सहायता प्रदान गरेको प्रधानमन्त्री सरिफले बताए ।

शुक्रबार बिहान इस्लामावादस्थित पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आयोजना भएको सो कार्यक्रममा चीन सरकारले पाकिस्तानलाई छ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।

पाकिस्तानका बाढी पीडितका लागि चीनले अघिल्लो महिनादेखि नै खाद्यान्न, औषधि एवं अन्य सहयोगहरु उपलब्ध गराउँदै आएको छ । यस वर्षको मनसुनी वर्षाका कारण पाकिस्तानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको छ ।

यसवर्षको सो मनसुनी वर्षाबाट पाकिस्तानमा एक हजार पाँच सयभन्दा बढीको ज्यान गएको छ भने भौतिक संरचनाहरुमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ३९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका