दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू  « Khabarhub

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू 


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको हो । 

टाइम कार्ड पाँच स्थानबाट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । लोथर, गोन्द्राङ, आँपटारी, मुग्लिन र मैवाखोलाबाट टाइम कार्ड कार्यान्वयनमा ल्याउन लागिएको हो । जिल्लामा पर्ने नारायणगढ-मुग्लिन सडक खण्डसहित ९३ किलोमिटर राजमार्गमा प्रतिघण्टा ४० किलोमिटरका दरले टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो ।

लोथरदेखि गोन्द्राङसम्मको ३० किलोमिटरका लागि ५० मिनेट, गोन्द्राङबाट आँपटारी सात किलोमिटरका लागि १० मिनेट, आँपटारीदेखि मुग्लिन ३४ किलोमिटरका लागि एक घण्टा,  गोन्द्राङबाट मुग्लिन ४१ किलोमिटरका लागि एक घण्टा पाँच मिनेट र मुग्लिनदेखि मौवाखोलासम्मको १६ किलोमिटरका लागि २५ मिनेटको समय राखिएको अधिकारीले जानकारी दिए । 

उनले भने, ‘हरेक स्थानमा चेकपोष्ट रहने छ । त्यहाँ गएर इन्ट्री गरेर मात्रै सवारी साधनलाई अघि बढ्न दिइने छ ।’ तोकिएको समयभन्दा छिटो आउने सवारी साधनलाई कारबाही गरिने उनले जानकारी दिए । सवारी साधन लापर्बाही गरी चलाएकामा कारबाही हुने उनले बताए ।

उनले भने, ‘टाइमकार्ड लागू भएसँगै राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ टाइम कार्डको आज लोथरबाट शुभारम्भ गरिएको अधिकारीले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ४७ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा