विश्वमा हैजा बढिरहेको डब्लुएचओको चेतावनी « Khabarhub

विश्वमा हैजा बढिरहेको डब्लुएचओको चेतावनी


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको चेतावनी दिएको छ ।

सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

डब्लूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा सञ्चारकर्मीसँग भने, “वर्षौंदेखि घट्दो सङ्ख्यापछि हामीले विगत एक वर्षमा विश्वभरि हैजाको प्रकोपको चिन्ताजनक वृद्धि देखिरहेका छौं ।”

उनले भने, “हामीसँग धेरै प्रकोपहरू मात्र छैनन्, तर प्रकोपहरू आफैमा बिस्तारित र अधिक घातक पाइएका छन् ।”

उनका अनुसार सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको छ ।

बारबोजाका अनुसार गरिबी र द्वन्द्वजस्ता हैजाका लागि जिम्मेवार मानिने परम्परागत प्रभावहरूसँगै जलवायु परिवर्तन पनि यस समस्याको एक हिस्सा हो ।

“बाढी, चक्रवात र खडेरी जस्ता जटिल जलवायु समस्याहरूले स्वच्छ पानीको पहुँचलाई अझ कम गर्छ र हैजाको लागि एक आदर्श वातावरण सिर्जना गर्दछ,” उनले बताए, “जलवायु परिवर्तनको प्रभाव तीव्र हुँदै जाँदा, हामीले हैजा रोकथामका लागि अहिले नै कदम नचालेमा स्थिति अझ खराब हुनसक्छ ।”

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका