जनताले उचित मूल्याङ्कन गर्नेछन् : प्रकाशमान सिंह « Khabarhub

जनताले उचित मूल्याङ्कन गर्नेछन् : प्रकाशमान सिंह


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन्।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन्।

“चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन्”, उनले भने।

नेता सिंहले कांग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न कांग्रेसलाई विजय गराउन आवश्यक रहेको पनि बताए। उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली कांग्रेसले इतिहासदेखि गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको पनि सुनाए।

पूर्वउपप्रधानमन्त्री सिंहले आफ्नो ध्यान संसद्मा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमासमेत भएको स्पष्ट पारे। काठमाडौँ क्षेत्र नं १ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धैरे काम गरेको स्मरण उनले गरे।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : २८ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र