सोमालियामा भएको कार बम आक्रमणमा १ सय जनाको मृत्यु « Khabarhub

सोमालियामा भएको कार बम आक्रमणमा १ सय जनाको मृत्यु


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका बताएका छन् ।

यसै वर्ष सोमालियाको राष्ट्रपति बनेका हसन शेख महमुदले घटनास्थलको भ्रमण गरेको बताइएको छ । उनले घाइतेको उपचार गर्नका लागि समेत सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

५ वर्षअघि पनि सोही क्षेत्रमा ट्रक बम विस्फोट हुँदा ५ सय जनाको मृत्यु भएको थियो ।

आक्रमणको जिम्मा आतंककारी संगठन अल कायदासँग आबद्ध सोमालियामा सक्रिय अल शबाब लडाकु समूहले लिएको छ । शिक्षा मन्त्रालय दुश्मनहरुको अखडा रहेको भन्दै सो स्थानमा आक्रमण गरिएको अल शबाबले जनाएको छ ।

गैर मुसलमान देशबाट आउने सहयोगमा इस्लामिक आस्थाबाट सोमाली बालबालिकालाई मन्त्रालयले टाढा बनाउँदै गएका कारण आक्रमण गरिएको अल शबाबको दाबी छ ।

अल शबाब लगायतका संगठनको हिंसात्मक अतिवादविरुद्ध थप पहलबारे छलफल गर्न सोमाली राष्ट्रपति, प्रधानमन्त्री र अन्य वरिष्ठ अधिकारीहरुले छलफल गरिरहेकै बेला अल शबाबले आक्रमण गरेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ४८ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल