शनिबार मात्रै दुई हजारबढी पर्यटकद्वारा पर्वतको भ्रमण « Khabarhub

शनिबार मात्रै दुई हजारबढी पर्यटकद्वारा पर्वतको भ्रमण


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’ मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।

“एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भने, “त्यसको साटो ‘जिपलाइन’ को अनुभव लियौँ ।” उनले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताए ।

त्यसैगरी चितवनबाट आएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै थिइन् । दसैँमा आउने योजना बनाए पनि झरीका कारण असफल भएको उनको भनाइ छ । यद्यपि तिहारमा आफूहरु यता आएको उनले बताइन् ।

पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।

तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताए ।

“कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,” उनले भने, “धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवद्र्धन हुँदैन ।”

शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति पाँच सय रुपैयाँ तोकिएको छ ।

हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताए ।

“म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो”, उनले भने, “रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।”

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : ०७ बजे

बंगलादेश निर्वाचन : बीएनपीलाई बहुमत, तारिक रहमान बन्दै प्रधानमन्त्री

ढाका– बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको

कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित

काठमाडौं – कोपा डेल रेलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की– पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार

विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित