कुराभन्दा काममा विश्वास गर्छु : बाराका प्रदेशसभा उम्मेदवार त्रिलोकीप्रसाद चौधरी « Khabarhub

कुराभन्दा काममा विश्वास गर्छु : बाराका प्रदेशसभा उम्मेदवार त्रिलोकीप्रसाद चौधरी


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेबाट बारा क्षेत्र नम्बर–१ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार त्रिलोकीप्रसाद चौधरीले आफूलाई जनताले दिएको जिम्मेवारीलाई दिनरात नभनी पूरा गरेको बताएका छन् ।

२०७४ मा जनताले निर्वाचित गरेर पठाएपछि जनताकै चाहनाअनुरूप यस क्षेत्रको निम्ती ज्येष्ठ नागरिकदेखि, विभिन्न जाति, पिछडा वर्ग, अपाङ्गता भएको व्यक्ति, महिला, सीमान्तकृत समुदाय, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा पर्यटनलगायत क्षेत्रमा काम गरेको भन्दै उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको हुँदा भोलिवादमा विश्वास नगर्ने बताए ।

आफूले जनताले देखिने गरी चुस्त दुरुस्त ढंगबाट काम गर्न पहल गर्ने उनको भनाइ छ ।

‘यहाँ काम कम गर्ने र प्रचार धेरै गर्नेको आवाज ठुलो हुँदो रहेछ, प्रचारप्रसार गरेर सानो कामलाई पनि ठुलो काम गरेको भन्नेको भिड छ । मलाई अचम्म लाग्छ, मैले गत ५ वर्षमा निकै काम गरेँ । तर, प्रचारप्रसारमा ध्यान दिइनँ, यो मेरो कमजोरी रह्यो,’ प्रदेशसभा सदस्यका उम्मेदवार चौधरी भन्छन्, ‘मैले यसअघिको कार्यकालमा गरेका बेलाको कामलाई हेर्नुस् । मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन । त्यो सबैले देख्नुभएको छ ।’

प्रदेशसभा सदस्यका उम्मेदवार चौधरीले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पूरा गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्वासी समस्यालगायतका क्षेत्रमा मुख्य रूपमा यो पटक काम गर्ने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : २० बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ