सहानुभूति बटुल्न आफैँलै घरमा बम राखेको आशंकामा उम्मेदवार नै अनुसन्धानको घेरामा « Khabarhub

सहानुभूति बटुल्न आफैँलै घरमा बम राखेको आशंकामा उम्मेदवार नै अनुसन्धानको घेरामा


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल अनुसन्धानको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ ।

आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरूलाई समाचार बनाउन आग्रह गरेका थिए ।

तर, नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्न खोज्दा उक्त वस्तु बम नभएको र खाली प्रेस कुकर मात्र भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले बताए । उक्त शंकास्पद वस्तु पौडेल आफैँले राखेको वा राख्न लगाएको आशंकापछि पौडेल नै प्रहरीको अनुसन्धानको घेरामा परेका हुन् ।

‘शंकास्पद वस्तु राखियो भनेर प्रायोजित प्रचार गरेर चर्चा कमाउन खोजेको हामीलाई फिल भएको छ’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले भने, ‘हामी उहाँ (गणेश पौडेल) को कल डिटेल, मुभमेन्ट सबै अनुसन्धान गर्छौं ।’

रुपन्देही– २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेलले आफूलाई समर्थन गर्न आग्रह गर्दै केही दिनअघि पत्रकार सम्मेलन समेत गरेका थिए । तर, त्यसको भोलिपल्ट सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । रुपन्देही–२ मा नेकपा एमालेबाट पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन् ।

पौडेलले भने आफू बिहान घरबाहिर निस्कँदा कार्टुनमा शंकास्पद वस्तु र कागजमा खतरा लेखिएको देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेको बताए । स्थानीय एक राजनीतिक दलका अगुवाले शंकास्पद वस्तु राख्नैपर्ने भए जिल्लाका अरु ठूला दलका चर्चित उम्मेदवारकै घरमा राख्नुपर्ने भन्दै यो केवल चर्चा र सहानुभूति बटुल्ने प्रायोजिक काम भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ५२ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार