उम्मेदवार गाउँगाउँ पसेपछि जाजरकोटका मतदाता खुसी « Khabarhub

उम्मेदवार गाउँगाउँ पसेपछि जाजरकोटका मतदाता खुसी


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा माओवादी केन्द्रका उपहासचिव आफ्नो गाउँमा पुग्दा दंग परिन् ।

लिम्सामा आयोजित प्रशिक्षण कार्यक्रममा घरको कामले जान नपाएकी बुढाले आफ्नो गाउँमा बास बस्न शक्ति बस्नेत आएपछि जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ मनमा लागेको बताइन् ।

उनका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । ‘मेरो छोराको ठाउँमा कालेगाउँको एक सामान्य किसानको छोरा मेरो छोराको सपना पूरा गर्न गाउँगाउँमा आउँदा म आमाको मन किन खुसी नहुने ? यही परिवर्तनका लागि हामीले छोरालाई जनयुद्धमा पठाएका थियौँ । अहिले गाउँमा मोटरबाटो, टेलिफोन आएको छ । यो सबै हाम्रो छोराको बलिदानले आएको हो,’ उनी भन्छिन् ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतको नजिकै आएर उनले ‘बाबु मेरो छोराको बलिदानी खेर नजाओस् है, बारेकोटमा राम्रो विकास भएको छ, अझै होस्’ भनिन् । बस्नेतले रामकली बुढालाई तपाईको छोराको सपना पूरा गर्न दिनरात लागिपरेको बताए ।

बारेकोट–४ की सिर्जना बस्नेतले बारेकोटको विकासमा माओवादी आन्दोलनको विजय भएको बताइन् । उपमहासचिव बस्नेत गाउँगाउँ पुग्दा सर्वसाधारणले विकास निर्माणदेखि सहिदको सपना पूरा गर्न आग्रह गर्दै फेरि पनि मन्त्री भएर आउन आशीर्वाद दिए । नौ महिना गृहमन्त्री, चार महिना स्वास्थ्यमन्त्री र दुई वर्षभन्दा बढी समय वनमन्त्री भइसकेका बस्नेत माथिल्लो तहमा पुग्ने जाजरकोटको पहिलो नेता हुन् ।

बस्नेतसँग एमालेका युवा नेता निरज आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो चुनावमा बस्नेतलाई जिताउन लागेका आचार्य पो पटक शक्तिसँग चुनावी मैदानमा भिडेका छन् । उनीसँगै स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ५० बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि