सङ्कल्पपत्र यथार्थपरक रहेको कांग्रेसको दाबी | Khabarhub Khabarhub

सङ्कल्पपत्र यथार्थपरक रहेको कांग्रेसको दाबी


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरिएको सङ्कल्पपत्र यथार्थपरक रहेको जनाएको छ ।

सङ्कल्पपत्रका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताए ।

उनले यसअघिको घोषणापत्र कार्यान्वयनको अवस्थालाई अध्ययन गरी अहिलेको सङ्कल्पपत्र तयार गरिएको बताए । उनले अहिलेको सङ्कल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य ढंगले तयार गरिएको पनि दाबी गरे ।

परियारले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्नेमा कुनै आशंका नरहेको भन्दै अन्य दलहरुसंग मिलेर कांग्रेसले सरकार बनाउने तर्क गरे । गठबन्धन दलहरुसंग मिलेर साझा रुपमा सङ्कल्पपत्रमा रहेका बिषयहरुलाई अघि बढाईने उन भनाइ छ ।

त्यस्तै कांग्रेस नेता एवम् घोषणापत्र तयारी समितिका सदस्य डा स्वर्णिम वाग्लेले नीजि क्षेत्रको अध्ययन र अनुसन्धानलाई अध्ययन गर्दै मुलुकको आर्थिक बिकासलाई अघि बढाउने खाका तयार गरिएको दाबी गरे ।

सङ्कल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्याङ्क यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै उनले निजी क्षेत्रलाई उत्साही बनाउने कार्यक्रमहरुलाई समेटिएको बताए ।

त्यस्तै अर्का कांग्रेस नेता एवम् समिति सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले सङ्कल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको जिकिर गरे ।

पत्रकार सम्मेलनमा विज्ञ गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा कांग्रेसको प्रस्ताव रहेको बताए

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २६ बजे

आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्

नेकपाका संस्थापक पुष्पलालको आज ४७औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ

युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा

जुरिच – इटालीविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै इंगल्यान्ड युरो कप

उपसभामुख राना चीन प्रस्थान

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै