ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन « Khabarhub

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा परे पनि तेस्रो पटकसम्म नेतृत्वको रोजाइमा पर्न नसकेको भन्दै आपत्ति जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो बताएका हुन्। नेता रिजालले आफूलाई मतदान गरेर छनोटमा पठाएकोप्रति दैलेखका मतदातालाई धन्यवाद दिएका छन्।

‘आभार तथा धन्यवाद। यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले) का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ। जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए। तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन’, उनले फेसबुकमा लेखेका छन्, ‘
उम्मेदवार छनोटका क्रममा मलाई मतदान, साथ, सहयोग, शुभेच्छा र हौसला प्रदान गर्नुहुने सबै नेता, कार्यकर्ता र दैलेख–२ का बासिन्दाप्रति आभारी छु। साथै, फेरि पनि तपाईंहरुको भावनालाई साकार पार्न असमर्थ भएकोमा विनम्रतापूर्वक क्षमाप्रार्थी छु।’

नेता रिजालले लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिएकोप्रति भने चर्को व्याङ्ग्य गरेका छन्। उनले अगुवा कार्यकर्ता पार्टीको रोजाइमा परेको भन्दै व्यङ्ग्य गरेका हुन्। ‘नेतृत्वले म सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थाल्नुभएका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ। पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन’, उनले फेसबुकमा थप लेखेका छन्, ‘म राजनीतिमा स्वेच्छाले लागेको हुँ। दैलेखी जनता, देश र पार्टीलााई सकेको योगदान गर्नमा कुनै कसर बाँकी राख्ने छैन। मैदानमै छु, मैदानमै हुनेछु। २९ वर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ वर्ष भएछ। कुनै पद पाइएन भने पनि अर्को २९ वर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु।’

उनले आजसम्म आफू फुट र विभाजनमा नलागेको उल्लेख गर्दै पार्टीमा प्रतिस्पर्धा गर्न नसक्ने कायर भएको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका छन्। ‘आजका दिनसम्म म कहिल्यै फुट र विभाजनका पक्षमा लागेको छैन। विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरुले आफू मात्रै पार्टी बनाउन लागेको रुपमा प्रस्तुत गर्नु हास्यास्पद छ’, उनले भनेका छन्, ‘लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन। राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ।’

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : १९ बजे

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

चितवन – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाह राष्ट्रिय स्वतन्त्र पार्टीको

एनसेल र ट्रिप टर्बोबीच सहकार्य : बस, आन्तरिक हवाई टिकटलगायतमा ८ हजारसम्म छुट

काठमाडौं– एनसेल ग्राहकले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा

जापानको सानदार प्रदर्शन : ट्युनिसियामाथि तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै