छठ पर्वका कारण जनकपुरधामको ट्राफिक अस्तव्यस्त « Khabarhub

छठ पर्वका कारण जनकपुरधामको ट्राफिक अस्तव्यस्त


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस प्रदेशको राजधानी जनकपुरधाम अन्य दिनको तुलनामा आज अस्तव्यस्त बनेको छ । छठ पर्वको मुख्य दिन आज ‘सँझुका अर्घ्य’ परेकाले बजारमा अत्यधिक भीड बढ्दा अस्तव्यस्त बनेको हो ।

बजारमा मानिस र सवारीसाधनको अत्यधिक भीड बढे पनि ट्राफिक प्रहरीले व्यवस्थापन गर्न सकेको छैन । सहरका मुख्यचोकमा अत्यधिक भीड देखिएको छ । पोखरी घाटहरूमा जाने बजारका मूल सडकहरू पनि बिहानैदेखि भरिभराउ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चन्द्रभुषण यादवले नगरभित्रका पोखरी घाटहरूलाई बढी केन्द्रित गरेर जनशक्ति परिचालन गरिएकाले सडकमा बढेको भीडभाड व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए ।

उनले नेपाल प्रहरीसँग समन्वय गरेर नियमित ड्युटीबाहेक नगरभित्र १५ ट्राफिक प्रहरी खटाइएको बताए । उता, छठ पर्वमा हुनसक्ने सम्भावित घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले पनि नगरभित्र म्यादी र जनपद गरी चार सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ०० बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा