दार्चुलामा बालकको मृत्यु भएको घटनाका सम्बन्धमा भारतलाई परराष्ट्रको ‘कूटनीतिक नोट’ | Khabarhub Khabarhub

दार्चुलामा बालकको मृत्यु भएको घटनाका सम्बन्धमा भारतलाई परराष्ट्रको ‘कूटनीतिक नोट’


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताएकी छिन् ।

गृह मन्त्रालयले शनिबार सो घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।

यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउमा रहेको खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : १७ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव