दार्चुलामा बालकको मृत्यु भएको घटनाका सम्बन्धमा भारतलाई परराष्ट्रको ‘कूटनीतिक नोट’ « Khabarhub

दार्चुलामा बालकको मृत्यु भएको घटनाका सम्बन्धमा भारतलाई परराष्ट्रको ‘कूटनीतिक नोट’


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताएकी छिन् ।

गृह मन्त्रालयले शनिबार सो घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।

यही कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिई भन्ने स्थानको गोरेटो बाटो छेउमा रहेको खर्क नजिकको स्थानमा सोही वडाको दुम्लिङ गाउँमा बस्ने हिक्मत महराका छोरा करिब १० वर्षका पवनको टाउकोमा ढुङ्गा लागेर घाइते भई मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : १७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन