नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन कलम चिह्नमा मतदान गरौँ : हिमाल शर्मा « Khabarhub

नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन कलम चिह्नमा मतदान गरौँ : हिमाल शर्मा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ । खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित नेकपा एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्थानमा छन् ।

तर, अझै पनि राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादी संघर्षरत छ । बरु पहिलो निर्वाचनमा भाग लिएको जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ । यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ । अझै दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न बाँकी छ ।

दोलखाका १० मतदान केन्द्रमा शुक्रबार पुनः मतदान हुँदै छ । त्यसैले सो निर्वाचनमा एकीकृत समाजवादीलाई सत्तागठबन्धनले आफ्नो समानुपातिक मत खसाएमा थ्रेसहोल्ड कट्ने र राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि बाँकी नै छ । त्यसमा पनि बाजुरा र स्याङ्जा २ मा १० हजार मत प्राप्त गरे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न पनि सक्छ ।

यसैबीच, माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गर्नुपर्ने बताएका छन् । नेता शर्माले सामाजिक सञ्जालमार्फत सो धारणा अघि सारेका हुन् । उनले लेखेका छन्, ‘गठवन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौ । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं ।’

यदि एकीकृत समाजवादीले बाँकी गणनामा दुई लाख ९५ हजार मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा कांग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना भने अझै बाँकी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : १२ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र