भरतपुर महानगरले अवैध संरचना हटाउने « Khabarhub

भरतपुर महानगरले अवैध संरचना हटाउने


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो ।

महानगरपालिकाले जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैले हटाउने जनाएको छ ।

संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना हटाउन सूचना जारी गरेको हो ।

यस्तै, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी र्‍याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : ४७ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा