स्याङ्जा २ र बाजुरामा पुनः मतदान हुँदैन : निर्वाचन आयोग « Khabarhub

स्याङ्जा २ र बाजुरामा पुनः मतदान हुँदैन : निर्वाचन आयोग


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

एमालेले यी दुबै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो । यही बीचमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर बाजुरा र स्याङ्जा २ मा तत्काल मतगणना गर्न माग गरेको थियो ।

एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन । यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए । तर, बुधबार बिहान बसेको आयोग पदाधिकारीको बैठकले दुवै क्षेत्रमा मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । जसकारण बिहीबार साँझदेखि मतगणना सुरु हुने भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  २ : २६ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि