लागूऔषधसहित ३ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित ३ जना पक्राउ


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर, कैलाली र स्याङ्जाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले ताप्लीबाट मिर्चैयातर्फ तीनवटा बोरामा उक्त परिमाणको गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उता कैलालीको लम्कीचुहा नगरपालिका–८ गोप्का बस्ने ४० वर्षीय गोपी उखेडालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

स्याङजाको गल्याङ नगरपालिका–१ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७५० ग्रामसहित पाल्पा तानसेन नगरपालिका–१२ बस्ने २४ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ८४२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  २ : ३७ बजे

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ