लागूऔषधसहित ३ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ३ जना पक्राउ


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर, कैलाली र स्याङ्जाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले ताप्लीबाट मिर्चैयातर्फ तीनवटा बोरामा उक्त परिमाणको गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उता कैलालीको लम्कीचुहा नगरपालिका–८ गोप्का बस्ने ४० वर्षीय गोपी उखेडालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

स्याङजाको गल्याङ नगरपालिका–१ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७५० ग्रामसहित पाल्पा तानसेन नगरपालिका–१२ बस्ने २४ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ८४२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  २ : ३७ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि