बुधबार नेप्से परिसूचक घट्यो | Khabarhub Khabarhub

बुधबार नेप्से परिसूचक घट्यो


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ०.१८ प्रतिशतले ओरालो लागेको छ । बुधबार ३.५१ अंकले गिरावट हुँदै १९४९.८५ अंकमा कारोबार बन्द भएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार २३ लाख ५५ हजारभन्दा बढीको सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १९४ कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीको मूल्य बढेको छ भने १२४ कम्पनी घाटामा गएका छन् । साथै, ६ कम्पनी स्थीर रहेको नेप्सेले जनाएको छ ।

ग्रिन लाइफ हाइड्रोपावर ४.१७, खप्तड लघुवित्त वित्तिय संस्था ४ प्रतिशतले वृद्धि भएको र हिमालय डिस्टिलरी ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाको कारोबार भएको र नबिल बैंकमा भने ४ करोड १५ लाख ३ हजार ९१५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार माइक्रो फाइनान्स र ट्रेडिङ इन्डेक्समा वृद्धि भएको छ भने अन्य उपसुचकहरू ओरालो लागेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर