अख्तियारद्वारा दाङका तत्कालिन प्रमुख इन्जिनियर पाण्डेसहित ६ जनाउपर मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा दाङका तत्कालिन प्रमुख इन्जिनियर पाण्डेसहित ६ जनाउपर मुद्दा दायर


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डे, इन्जिनियर, निर्माण समितिका अध्यक्षसमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध सल्यानको त्रिवेणी गाउँपालिका–१ मा रहेको रिखेबगर–गैरीकटेरी–बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफू अनुकुल इष्टिमेट चेन्ज गरी सडक निर्माणको रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।

निवेदनमाथि अनुसन्धान हुँदा डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर पाण्डे¸ तत्कालिन इन्जिनियर सन्तोषकुमार यादव¸ तत्कालिी सब इन्जिनियर नारायण ओलीसमेतले सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरित भेरिएसन स्वीकृत नगरी बदनियतपूर्वक जथाभावी निर्माण गरेको फेला परेको हो ।

आफूखुसी मूल्याङ्‍कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात डिजाइन विपरित उपभोक्ता समितिलाई ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बढी भुक्तानी दिई सरकारलाई हानिनोक्सानी पुर्‍याईको पाइएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूबाट ४३ लाख २२ हजार एक सय ५५ रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना र सजायको माग गरेको छ ।

साथै, रिखेबगर, गैरीकटेरी, बाघमारे दाङ्ग सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर केसी समेतले सम्झौताविपरित काम गरेको र आवश्यकताभन्दा बढी भुक्तानी दिएको आरोपमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : ४५ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ