एक हजारका नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का « Khabarhub

एक हजारका नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ ।

भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ ।

एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ३० बजे

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न