समानुपातिकतर्फ एमालेले कटायाे २७ लाख मत, कुन दलको कति ? « Khabarhub

समानुपातिकतर्फ एमालेले कटायाे २७ लाख मत, कुन दलको कति ?


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार चार सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले चार लाख आठ हजार नौ सय ६४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९९, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९० हजार एक सय ९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार चार सय ३६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश नं १ मा एमालेले छ लाख २९ हजार आठ सय ८५, कांग्रेसले पाँच लाख २९ हजार आठ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९० हजार छ सय चार, माओवादी केन्द्रले एक लाख ७७ हजार दुई सय ६१ मत प्राप्त गरेको छ ।

मधेसमा कांग्रेसले तीन लाख ८६ हजार दुई सय ९३, एमालेले तीन लाख ४३ हजार सात सय २८, जनमत पार्टीले तीन लाख सात हजार तीन सय ५०, जसपा नेपालले दुई लाख ८७ हजार आठ सय ४६, माओवादी केन्द्रले एक लाख ७८ हजार नौ सय ३६, एकीकृत समाजवादीले एक लाख १२ हजार दुई सय ६४ र लोसपा नेपालले एक लाख १० हजार आठ सय ५२ मत प्राप्त गरेको छ ।

बागमतीमा एमालेले पाँच लाख ५४ हजार एक सय, कांग्रेसले चार लाख ६३ हजार एक सय ३८, माओवादी केन्द्रले दुई लाख ६९ हजार दुई सय १५ र राप्रपाले दुई लाख ६६ हजार पाँच सय २४, गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।

लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६ र माओवादीले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिममा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार २९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ०१ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र