'विश्वभर १० वर्षमाथिका ७३ प्रतिशत मानिसले मोबाइल चलाउँछन्' | Khabarhub Khabarhub

‘विश्वभर १० वर्षमाथिका ७३ प्रतिशत मानिसले मोबाइल चलाउँछन्’


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ ।

‘मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका हो । मोबाइल फोन स्वामित्वको प्रतिशतले इन्टरनेट उपलब्धता र पहुँचको सूचकको रूपमा सेवा गर्दछ,’ आईटीयूले विश्वव्यापी सूचना सम्पर्कबारे आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको छ ।

रिपोर्टमा मोबाइल फोनको उपलब्धता इन्टरनेट प्रयोगको तुलनामा उच्च रहेको र विशेष गरी कम आय भएका देशहरूमा सामान्यतया ब्रोडब्यान्ड सेवा र सेलुलर सेवाहरू भन्दा महँगो रहेको उल्लेख गरिएको छ ।

आईटीयूले हालैका वर्षहरूमा मोबाइल फोनको स्वामित्व लगातार बढेको र सन् २०१९ मा यो सङ्ख्या ६७ प्रतिशतभन्दा कम रहेको अनुमान गरेको छ ।

आईटीयूका वरिष्ठ अर्थशास्त्री थियरी गीगरले एएफपीलाई बताएअनुसार सन् २०२० मा कोभिड–१९ महामारीको पहिलो वर्षमा अनलाइन प्रगोग गर्ने जनसङ्ख्यामा ठूलो वृद्धि भएको छ ।

आईटीयूका अनुसार, धनी देशहरूमा मोबाइलको उपलब्धता सबैभन्दा बढी छ । यी मुलुकहरूमा हाल औषत ९५ प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ । कम आय भएका देशहरूमा सबैभन्दा थोरै केवल ४९ प्रतिशत मानिससँग मात्र फोन छ ।

– ‘प्राविधिक अँध्यारो’ –

संयुक्त राष्ट्रसङ्घको दूरसञ्चार एजेन्सीका अनुसार पृथ्वीको करिब एक तिहाइ भाग अहिलेसम्म पनि अनलाइनमा छैन ।

तर अनलाइन जनसङ्ख्या बढ्दै गएको छ र अनुमानित ५ अर्ब ३० करोड मानिस अर्थात् विश्वका ६६ प्रतिशत मानिसले अहिले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

आइटियूको दूरसञ्चार विकास विभागका प्रमुख डोरेन बोगदान–मार्टिनले भने, ‘इन्टरनेटको पहुँच बढिरहेको छ, तर आवश्यक पर्ने जति छिटो र समान रूपमा संसारभरि छैन । उहाँले थप्नुभयो, “धेरै मानिसहरू अझै पनि ‘डिजिटल’ अँध्यारोमा बाँचिरहेका छन् ।’

विश्वव्यापी इन्टरनेट प्रयोगको अनुमानले सामान्यतया मोबाइल–ब्रोडब्यान्ड सेवाहरूको मूल्यलाई हेर्छ, जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोनबाट इन्टरनेट पहुँच गर्न अनुमति दिन्छ र निश्चित इन्टरनेट सेवाको तुलनामा यो तुलनात्मक रूपमा सस्तो हुन्छ ।

बुधबारको प्रतिवेदनअनुसार मोबाइल ब्रोडब्यान्ड सेवाको विश्वव्यापी औसत मूल्य गत वर्ष प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय (जीएनआई) को १.९ प्रतिशतबाट घटेर अहिले १.५ प्रतिशतमा झरेको छ ।

यद्यपि, अधिकांश कम आय भएका अर्थव्यवस्थाहरूमा औसत उपभोक्ताको लागि लागत अझै पनि धेरै उच्च छ । ती मुलुकमा आधारभूत मोबाइल तथ्याङ्क योजनाको लागत प्रति व्यक्ति जीएनआईको नौ प्रतिशत हुने अनुमान गरिएको छ ।

आईटीयूले सबै देशहरूलाई किफायती ब्रोडब्यान्ड पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ, जसलाई प्रतिव्यक्ति जीएनआईको दुई प्रतिशतभन्दा कम लागतको रूपमा परिभाषित गरिएको छ ।

सूचना सम्पर्कको लागत घट्दो क्रममा रहेको देखिए पनि गिगरले अन्य आवश्यकताका लागि बढ्दो लागतले धेरैलाई अफलाइन रहन बाध्य पारिरहेको बताउनुभएको छ ।

आईटीयूको प्रतिवेदन अनुसार इन्टरनेट सेवामा एउटा महत्वपूर्ण लैङ्गिक अन्तर रहेको र लगभग २५ करोड ९० लाख महिलाहरूले पुरुषहरूको तुलनामा इन्टरनेटको पहुँच कम पाएका छन् । हाल ६३ प्रतिशत महिलाले मात्र इन्टरनेट प्रयोग गरिरहेका छन् भने ६९ प्रतिशत पुरुषले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : १७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका