ओलीले एक तिरमा तीन निसाना लगाए | Khabarhub Khabarhub

ओलीले एक तिरमा तीन निसाना लगाए

'प्रतिपक्ष बनेर सरकारलाई सहयोग गर्छौ'


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री भइसकेका र हुन सक्ने मौका अगाडि परेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बालुवाटारबाट डेराको घरमा पुगेका छन्। आफ्नै पार्टी अध्यक्षलाई सत्ताबाट हटाएर देउवालाई अंगालो हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटार, बालकोट हुँदै बालुवाटारमा पुगेका छन्। यो दृश्यले राजनीतिमा जेसुकै कुरा जायज हुन्छ भन्ने देखिएको छ। तेस्रो दल सत्ताको बाग डोरमा बस्छ र पहिलो दल प्रतिपक्षमा बस्छ। यसलाई पनि सामान्य रूपमा मानेको अवस्था छ। अहिले देशले पाएको सरकारलाई इतिहासले कमजोर भनेर टिप्पणी गरेको छ। समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसले आफ्नै हातबाट गुमाएको सत्ताको विषयमा नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको हातमा धेरै मौका हुँदा पनि केही गर्न सकेन किन ?
हामी देशको सबै भन्दा ठूलो पार्टी बन्यौँ। देशको ठूलो पार्टीले नै नेतृत्व गर्नु पर्दछ भनेर भनेको थियो। त्यो निर्णयमा टेकेर नै हाम्रा नेताहरू वार्तामा बस्नुभयो। गठबन्धनले पालना गर्नुपर्ने शतलाई पूरा गरेर अगाडि जाने बैठक भयो। त्यो बैठकको अन्त्यमा बेमेल आयो। सत्ता बाँडफाँटमा माओवादी र कांग्रेस असहमतिमा पुगे। हामी कतै न कतै चुक्यौँ। अहिले उहाँ पाएर पनि खुसी हुनुहुन्न र हामी गुमाएर निराश भयौँ । म प्रचण्डलाई शुभकामना दिन्छु। उहाँ प्रधानमन्त्री बन्नुमा हाम्रो पनि मत छ। हामी पद नदिने र प्रचण्ड नछोड्ने अडान भएको कारणले यो अवस्था आयो। ओलीले चतुर भएर एक तिरले तीन निसाना बनाए।

अहिलेको गल्तीलाई नेतृत्वले नै जिम्मा लिने हो ?
हामीले पार्टी भित्र पनि विधान भन्दा बाहिर गएर निर्णय गयौँ। सुरुदेखि नै केही कुरालाई नजर अन्दाज गर्दै गयौँ। हामी सबैले यो गठबन्धनलाई साझा सरकारको रूपमा लैजान्छौँ भनेर गएको हो। तर पदको लागि प्रचण्डले हतार गर्नुभयो र हामीले पनि ठूलो पार्टी भएको नाताले के गर्दा राम्रो भनेर होस पुर्याउन सकेनौं।

एमालेको व्यक्तिगत निर्णयले पनि चल्ने रहेछ, त्यसमा ओलीले निर्णय गर्दा हुने रहेछ। हाम्रोमा सामूहिक निर्णय गर्नुपर्ने हुँदा यो अवस्था आयो। यसको जिम्मा सबै नेता र बढी देउवाले बहन गर्नुपर्याे। यो परिणामको जिम्मा लिनुपर्छ। त्रुटिपूर्ण निर्णयले गर्दा पार्टीलाई बेफाइदा भयो।

नेपाली कांग्रेसमा पुराना नेतालाई हटाउन नसकिने रहेछ, समाजले नयाँ खोजेको छ, तपाईंहरूले नमानेको कारणले नयाँ युवा आए। अब त कांग्रेस नेतामा चेतना आयो कि ?
हामीले गल्ती गरेका छौँ। युवाको उदय हुनु प्रकृतिक कुरा हो। हामीले आवश्यक भनेर ल्याएको नेविसंघ जहाँ युवाहरू आउँथे। त्यसलाई हामीले ध्यान दिएनौँ र युवाको नेतृत्वमा दलहरू आए। रवि लामिछानेको उमेरमा त देउवा पनि प्रधानमन्त्री हुनुभएको थियो। त्यो कुरा देउवाले बुझ्नु पर्दछ।

अहिलेको सरकार निर्माणमा विदेशी शक्तिले पनि धोका दिएका हुन् ?
व्यक्ति मुख्य आफै सबै हो। धोका भनेको सबै निर्भर भएर यो नभई हुँदैन भन्नेलाई धोका हुने हो। सरकार बनाउँदा विदेशीको हस्तक्षेप हुन्छ भनेको सुनिन्छ र अहिले पनि विदेशीका कुरा हुन्छन्। त्यसमा शिष्टाचार हुन्छ भेटघाट हुन्छ। तर हस्तक्षेप गरेको देखेको छैन।

वर्षमान पुन चीनमा उपचार गर्न जाँदा अध्यक्षको पनि उपचार गर्नुभयो भन्ने टिप्पणी छ नि ?
त्यो हुनसक्छ। तर त्यो मैले भेटेको छैन। सुझाव दिए होला बधाई दिए होला भनेर हो कि जस्तो चाहिँ लाग्ने हो। जो जो बालुवाटारमा वार्ता भनेर बस्नुभयो त्यो कि त वार्ता बुझ्नु भएन। पार्टीलाई यो अवस्थामा पु¥याउनुभयो। प्रचण्डले गरेको उहाँको दृष्टिले ठिक हो।
हाम्रा नेता प्रचण्डको अन्त जाने विकल्प छैन भनेर एक अर्कामा नै निर्भर भएको कारणले प्रचण्डले धोका दिएको भनेको हो। नेकपा माओवादी र प्रचण्डलाई विश्वास गर्दा हामीलाई धोका भयो।

देउवासँग केपीले प्रचण्डलाई नबनाउनु तपाईँलाई हामी समर्थन गर्छाै भन्नुभयो र अन्तिममा प्रचण्डलाई उचालेर फाइदा लिनुभएको हो ?
निर्वाचनको नतिजा आउने बित्तिकै केपीले कांग्रेस नेतालाई एक भएर जानुपर्छ भनेका हुन्। तर सभापतिले हामी गठबन्धन तोड्दैनौँ यसैमा जान्छौं भनेको कारणले यो अवस्था आयो।

राप्रपा, रास्वपा र माओवादी पार्टी एक भएका छन् कसरी ?
माओवादीले छोडेपछि अरू साना दलसँग मिलेर हामीले बहुमत पाउने होइन। नेपाली कांगेसको सरकार गठनका क्रममा समावेश भएका नेताहरूले नयाँ दललाई आवश्यक नदेख्दा यो अवस्था आयो। यो आपत्कालीन गठजोड हो।

जनताका इच्छा आकांक्षा नयाँ सरकारले पूरा गर्ला त ?
यो एउटा विकासको राम्रो अभ्यास हो। नयाँ दललाई सरकारमा नलगेको भए जनताहरूले पुराना दलले नयाँलाई ठाउँ दिएनन् अब पनि केही नयाँ नहुने भयो भनेर निराश हुन्थे। त्यसैले अब व्यक्ति बदलिएपछि सोचाई र व्यवस्था पनि बदलिएला र केही राम्रो काम गर्ला। राजनीतिमा उमेरले व्यवस्था बदलिने होइन।

प्रचण्डले शपथमा दौरा सुरुवाल लगाएर जानुभयो अब ओलीले भनेको नै मान्नु पर्ने भएको हो ?
दौरा सुरुवाल भनेको हाम्रो राष्ट्रिय पोसाक हो। यसलाई लगाउनु राम्रो हो। सबैले आफ्नो मौलिकता झल्काउने कपडा लगाउँदा प्रधानमन्त्रीले पनि लगाउँदा राम्रो हो।

अब उहाँले प्रचण्ड बनेर काम गर्नु होला कि पुष्पकमल भएर ?
उहाँले प्रचण्ड बनेर नै जानु हुन्छ। उहाँको यो साढे दुई वर्ष राम्रोसँग जान्छ। अहिले पनि व्यक्तिगत रूपमा देउवा र प्रचण्ड बीच र देउवा र ओली बीचमा हार्दिकता छ। पदमा त प्रतिस्पर्धा हुन्छ र उहाँहरू मिल्नु हुन्छ।

अबको राजनीति कसरी जाला ?
बहुदलीय संसदीय पद्धतिमा एउटा सत्ता पक्ष र अर्को प्रतिपक्ष हुन्छ। त्यसमा हामी सशक्त प्रतिपक्षमा बस्छौँ। हामी संविधानले दिएको अधिकार उपयोग गर्दै मुलुक संचालका विषयमा प्रतिपक्ष बनेर सरकारलाई सहयोग गर्छौ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)

प्रस्तुति- पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : १८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः