प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी « Khabarhub

प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन् ।

गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहुसांस्कृतिले भरिपूर्ण छ, यही हाम्रो देश र प्रदेशको विविध जाति, भाषा, संस्कृति र वेषभूषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्छौँ”, उनले सन्देशमा उल्लेख गरेका छन्। उनले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने बताए ।

संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित सङ्घीयताको कुशल कार्यान्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको मुख्यमन्त्री केसीले उल्लेख गरेका छन् ।

“विगतका राज्यव्यवस्थाले सिर्जना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने हाम्रो संविधानको सङ्कल्प छ”, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ५२ बजे

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल