भारतमा कोरोना सङ्क्रमण देखापरेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता « Khabarhub

भारतमा कोरोना सङ्क्रमण देखापरेपछि वीरगञ्ज नाकामा उच्च सतर्कता


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह थालिएको छ ।

हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजरलगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिए ।

कोभिड सङ्क्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनुपर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थ डेस्कको अनुगमन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

अहिले दैनिक एक जनाको एन्टिजेन परीक्षण हुनाका साथै दुई सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्ककी चिकित्सक डा अनिसा साहले जानकारी दिइन् । नेपालीको तापक्रम स्क्रिनिङ गर्ने गरिएको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरिएको चिकित्सक डा साहले बताइन् ।

हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । हेल्थ डेस्कको सरसफाइ र मर्मतसम्भार गर्नुपर्ने कामलाई अघि बढाउन पनि कर्मचारीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ५५ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका