अष्ट्रेलियाद्वारा पानीमुनी चल्ने ड्रोन सार्वजनिक | Khabarhub Khabarhub

अष्ट्रेलियाद्वारा पानीमुनी चल्ने ड्रोन सार्वजनिक


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाले पानीमुनी चल्ने चालकरहित उपकरण ड्रोन सार्वजनिक गरेको छ । नौसैनिक युद्धमा प्रयोग हुने यस ड्रोनले समुद्रमुनी निगरानी गर्ने बताइएको छ । यसबाहेक समुद्रमुनी राखिएका नौसैनिक धरापलाई निस्तेज तुल्याउन पनि यस ड्रोन प्रयोग हुनेछ ।

एसिया टाइम्सले जनाएअनुसार डाइभ लार्ज डिस्प्लेस्मेन्ट भेइकल भनिने यस ड्रोनबाट अष्ट्रेलियाको नौसैनिक क्षमता बढ्ने अपेक्षा गरिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई काउन्टर गर्न अष्ट्रेलियाले नयाँ ड्रोन सार्वजनिक गरेको विश्लेषण गरिएको छ ।

थप हतियार समेत जडान गरी यस ड्रोनलाई अझ परिष्कृत गर्ने अष्ट्रेलियाको योजना छ । हतियारजडित ड्रोनलाई ‘गोस्ट सार्क’ नाम दिइएको छ । गोस्ट सार्क सन् २०२५ भित्र अष्ट्रेलियाको नौसेनामा तैनाथ भइसक्ने अपेक्षा गरिएको छ ।

एसिया टाइम्सका अनुसार अष्ट्रेलियाको एन्डुरिल नामक संस्था, शाही अष्ट्रेलियन नौसेना र रक्षाविज्ञान एवम् प्रविधि समूहको सहकार्यमा ड्रोनको विकास गरिएको हो । यसको लागत १० करोड अमेरिकी डलरभन्दा कम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ५१ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो