अष्ट्रेलियाद्वारा पानीमुनी चल्ने ड्रोन सार्वजनिक « Khabarhub

अष्ट्रेलियाद्वारा पानीमुनी चल्ने ड्रोन सार्वजनिक


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाले पानीमुनी चल्ने चालकरहित उपकरण ड्रोन सार्वजनिक गरेको छ । नौसैनिक युद्धमा प्रयोग हुने यस ड्रोनले समुद्रमुनी निगरानी गर्ने बताइएको छ । यसबाहेक समुद्रमुनी राखिएका नौसैनिक धरापलाई निस्तेज तुल्याउन पनि यस ड्रोन प्रयोग हुनेछ ।

एसिया टाइम्सले जनाएअनुसार डाइभ लार्ज डिस्प्लेस्मेन्ट भेइकल भनिने यस ड्रोनबाट अष्ट्रेलियाको नौसैनिक क्षमता बढ्ने अपेक्षा गरिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई काउन्टर गर्न अष्ट्रेलियाले नयाँ ड्रोन सार्वजनिक गरेको विश्लेषण गरिएको छ ।

थप हतियार समेत जडान गरी यस ड्रोनलाई अझ परिष्कृत गर्ने अष्ट्रेलियाको योजना छ । हतियारजडित ड्रोनलाई ‘गोस्ट सार्क’ नाम दिइएको छ । गोस्ट सार्क सन् २०२५ भित्र अष्ट्रेलियाको नौसेनामा तैनाथ भइसक्ने अपेक्षा गरिएको छ ।

एसिया टाइम्सका अनुसार अष्ट्रेलियाको एन्डुरिल नामक संस्था, शाही अष्ट्रेलियन नौसेना र रक्षाविज्ञान एवम् प्रविधि समूहको सहकार्यमा ड्रोनको विकास गरिएको हो । यसको लागत १० करोड अमेरिकी डलरभन्दा कम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ५१ बजे

‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित

हात्ती र गोही प्रजनन केन्द्रमा निशुल्क प्रवेश

चितवन– चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा तीन करोड बढी राजस्व

बालेनप्रति विपक्षी अझै आक्रमक, जेठ १७ को अभिव्यक्तिप्रति माफी माग्नुपर्ने अडान यथावत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि

‘देश फेसबुकको भ्युजले चल्दैन, सीमा र भूगोल मजाकको विषय होइन’

काठमाडौं- नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका