म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै | Khabarhub Khabarhub

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रूपमा तरकारी खेती सञ्चालन गरिएको छ ।

विगत वर्षमा सोही क्षेत्रमा तरकारी खेती नहुँदा किनेर उपयोग गर्नुपरेका कारण लाखौँ धनराशि बाहिर जाने गर्दथ्यो । तर केही वर्षयता स्थानीयस्तरमा किसानले उत्पादन गरेको तरकारीले स्थानीय मागलाई परिपूर्ति गर्नुका साथै बढी भएको तरकारी बिक्री वितरण गरी आर्थिक आयआर्जन गर्न पाएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

म्याग्दीमा हिउँदे तरकारी खेतीका लागि परिचित पश्चिमी र उत्तरी म्याग्दीका विभिन्न भूभागमा किसानले काउली, ब्रोकाउली, आलु, सिमी, गोलभेँडा र खुर्सानी तरकारी खेती सञ्चालन गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार म्याग्दीका विभिन्न क्षेत्र, क्षेत्रका विभिन्न स्थानमा यसवर्ष गरिएको काउली, बन्दाकाउली, गोलभेँडा र खुर्सानीलगायत विभिन्न खाले तरकारी खेतीबाट करिब रु चार करोड आम्दानी हुने अनुमान गरिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन भएका तरकारी जिल्ला सदरमुकाम बेनीका साथै गलेश्वर, दरबाङ, तातोपानी, पोखरेबगरलगायत बजारहरूमा बिक्री वितरणका लागि पु¥याइने गरिदै आइएको छ । विगत परम्परागत रुपमा गरिने अन्नबालीको तुलनामा व्यवस्थित रूपमा गरिने तरकारीको खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा सहज हुने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कमा उल्लेख छ । चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता फसल उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्गै आम्दानी गर्न सफल भएका छन् ।

लाहुरेहरुको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकको जिल्ला भनेर आफ्नो परिचय दिएको छ । दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताए । एक लाख १३ हजार छ सय ४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुपमा कृषिमा आश्रित रहेको भए पनि उनीहरूले व्यावसायिक रुपमा उत्पादन गर्न सकेका छैन । सात प्रतिशत जनताले व्यावसायिक रुपमा नै कृषि पेसा अङ्गालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गला गाउँपालिकाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहू, धौलागिरि गाउँपालिकाको ताकम, मालिका गाउँपलिकाको बीम, दरबाङ, ओखरबोट, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगालगायत गाउँका अधिकांश जनता कृषिबाट नै आत्मनिर्भर बन्नुका साथै विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएका सम्बन्धित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूले बताएका छन् ।

यी गाउँमा व्यावसायिक रुपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोलभेडा, साग, लहरे प्रजातिका तरकारी बढी उत्पादन हुने गरेका छन् । जिल्लाका दोसल्ले, बरङ्जा, बिम, भकिम्ली, राखु, बास्कुनालगायत गाउँमा सुन्ताला बेचेर नै वार्षिक रुपमा रु पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसैगरी बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष रु ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक शोभित शर्माले जानकारी दिए । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक रु ४७ करोडभन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ५६ बजे

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

एजेन्सी– विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै

गलेश्वर– हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका

सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब