सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद | Khabarhub Khabarhub

सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राजविराज – सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका(१ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो पुरेको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।

कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले शंकास्पद स्थानमा खन्दा ३० किलो दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्रो स्थानमा खन्दा ६ बोरा गरी २७ बोरा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।गाँजाबारे अनुसन्धान थालिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले बताए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : २६ बजे

‘जिगर’ मा आलियाको एक्सन भूमिका

काठमाडौं – कोरोनापछि बलिउडमा एक्सन फिल्मले राम्रो ब्यवसाय गरेको छ

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौैं – नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री

धनगढी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी