आज २०७८ साल माघ १७ गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ साल माघ १७ गते सोमबारको राशिफल


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ १७ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ–

२०७८ माघ १७ गतेको राशिफल
मेष : आजको दिन राम्रो देखिएन। चन्द्रमाबाट चौंथो स्थानमा चलिरहेकाले गर्दा सोचका काममा बाधा, व्यवधान र अड्चन खडा हुनेछन्। व्यापार व्यवसायमा अनावश्यक फसेको अवस्था रहने छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जसका लागि सरस्वतीको स्मरण गर्नुपर्छ।

वृष : सोचेर मात्र काम गर्नुहोला। पढनपाठनमा साथीभाइले अवरोध गर्ने सम्भावना छ। वैदेशिक मामलामा भने निकै राम्रो छ। अवसर आएको अवस्थामा काम गर्नुहोला।

मिथुन : आजको दिन संघर्ष गरेर मात्र अघि बढ्ने दिन हो। बिहान सूर्यको दर्शन गरेर मात्र आफ्ना योजना तय गर्नुहोला। सवारीमा यात्रा गर्दा धेरै संयम रहनुहोला।

कर्कट : निकै राम्रो दिन छ। समयको सदुपयोग गरे तय गरेका काम बन्दै जाने सम्भावना छन्। तर, दिनमा निन्द्रा लाग्नु दुर्भाग्य बन्नेछ।

सिंह : आफ्ना सहपाठी वा साथीसँग झगडा गराउन खोज्ने सफल हुनेछन्। धेरैबेर सोचेर मात्र बोल्नुहोला। गलत समय भएकाले सफलता नमिल्न सक्छ ।

कन्या : सामान्य राम्रो छ। विद्याको क्षेत्रमा अवसर प्राप्त गर्ने योग छ। व्यापारमा नाफा हुन्छ। वैदेशिक क्षेत्रमा सफलता प्राप्त हुनेछ भने वैदेशिक रोजगार राम्रो छ।

तुला : दिन राम्रो छ। मान सम्मानका लागि सबैले सकारात्मक बनेर देखाउने छन्। आफ्ना बन्धुबाट बच्नुहोला। ग्रहगणले फल राम्रो दिनेछन्।

बृश्चिक : आजको दिन महत्वपूर्ण छ। आफ्ना परिवार के गर्दैछन् भन्ने कुरा बुझेर मात्र अरुसँग वार्ता गर्नुहोला। नत्र होच्याउन सक्छन्। आर्थिक, सामाजिक क्षेत्रमा राम्रो दिन मान्न सकिन्छ।

धनु : सम्पत्ति कमाउने योग छ। दोस्रो स्थानमा चन्द्रदेव भ्रमण गर्दैगर्दा सम्पत्तिमा लगानी गर्न नडराउनुहोला। नउठेको लगानी उठ्न सक्छ।

मकर : आजको दिन राम्रो छ। वैदेशिक रोजगारमा हात हालेको भए नोक्सान हुनेछैन। आफन्तले सहयोग गर्नेछन्। शनिदेवको ध्यान गर्नुपर्ने देखिन्छ।

कुम्भ : आजको दिन उपलब्धिपूर्ण रहेको छ। सोचेको काम सबै पूर्ण नहुनसक्छन्। महत्वपूर्ण दिन रहेकाले भोलेबाबालाई सम्झिएर अगाडि बढेमा थालेका काम अगाडि बढ्नेछन्।

मिन : शुभफलदायक दिन मानिन्छ। श्रमको फल ग्रहण गर्न सहज हुनेछ। परोपकार गर्ने इच्छा बढ्ने छ। स्वरोजगारमा फाइदा बढ्ने छ। आर्थिक र सामाजिक क्षेत्रमा दिन राम्रो छ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ०१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर