विश्वभर संक्रमितको सङ्ख्या ३७ करोड ५० लाख नाघ्यो « Khabarhub

विश्वभर संक्रमितको सङ्ख्या ३७ करोड ५० लाख नाघ्यो


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २० लाख ६५ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरमा उल्लेख भए अनुसार संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन्। गत २४ घण्टामा मात्रै १७ लाख २२ हजार सङ्क्रमण मुक्त भएका छन्।

यस्तै २४ घण्टामा ५ हजार ५ सय कोरोना सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ८१ हजार नाघेको छ।

अझैपनि ७ करोड ३० लाख सक्रिय सङ्क्रमित रहेकामा ९४ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले जनाएको छ।

नेपालको अवस्था ?
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्रले जानकारी दिइन्।

मिश्रका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ। पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको छ।

२४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त हुँदा पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ। केही अस्पतालले मृत्यु सम्बन्धी विवरण समयमा नपठाएपछि मन्त्रालयले आइतबार एकसाथ चार दिनपछि प्राप्त विवरण सार्वजनिक गरेको थियो। माघ १३ गतेदेखि १६ माघसम्मको मृत्युको संख्या थप ३२ रहेको मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ४४ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि