अदानचुलीमा २१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध « Khabarhub

अदानचुलीमा २१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध छ ।

छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो । कहिलेकाहीँ बिहानको सयम एक-दुई घण्टा मात्रै काम गर्ने गरे पनि अन्य समय काम गर्न छोडेको छ।

टावरमा खराबी आएर २१ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।

इन्टरनेट नहुँदा बैंकमा दिनहुँ बैंकिङ कारोबार ठप्प हुनुका साथै लाभान्वित सेवाग्राहीलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकले जनाएको छ। सेवाग्राहीले बैंकमा इन्टरनेट नहुँदा रित्तो हात लिएर फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको छ ।

गाउँपालिकामा सञ्चारको माध्यामका रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार सम्प्रेषणमा थप समस्या बनाएको रेडियोका स्टेशन म्यानेजर कालीबहादुर थापाले बताए । आफूले अन्य राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने गरेको भए पनि हप्ता दिनदेखि इन्टरनेट सेवा नहुँदा जिल्लामा भएका समाचार सम्प्रेषण गर्न नसकेको उनको भनाइ छ ।

अवरुद्ध भएको वर्ल्डलिंक मर्मतका लागि कर्मचारी पठाउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १२ : ०० बजे

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि