सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ? « Khabarhub

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ?


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रममण भयो कि भन्ने शंका धेरैमा छ ।

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?
मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको संक्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ ।

मौसमी फ्लु हुँदा दुई/चार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण पाँच देखि १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ ।

फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चार/पाँच दिनको फरकमा सर्छ ।

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ?
– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
– श्वास लिँदा धेरै बल लगाउनुपर्ने
– छातीमा गाह्रो हुने

कस्तो अवस्थामा अस्पताल जाने ?
– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन
– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा
– ज्वरो निरन्तर आएमा
– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा
– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा
– मधुमेह, मिर्गाैला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने
– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
– सकभर स्वस्थ्य रहने
– प्रशस्त मात्रामा उमालेको पानी पिउने
– धेरै मात्रामा झोल पदार्थ पिउने

बिहानदेखि बेलुकासम्म के–के गर्ने ?
– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने
– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने
– शौचालय जाँदा र बाहिरबाट घर फर्केेपछि २० सेकेण्ड मिचीमिची हात धुने
– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने
– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने
– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु