सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ? « Khabarhub

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ?


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रममण भयो कि भन्ने शंका धेरैमा छ ।

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?
मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको संक्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ ।

मौसमी फ्लु हुँदा दुई/चार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण पाँच देखि १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ ।

फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चार/पाँच दिनको फरकमा सर्छ ।

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ?
– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
– श्वास लिँदा धेरै बल लगाउनुपर्ने
– छातीमा गाह्रो हुने

कस्तो अवस्थामा अस्पताल जाने ?
– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन
– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा
– ज्वरो निरन्तर आएमा
– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा
– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा
– मधुमेह, मिर्गाैला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने
– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
– सकभर स्वस्थ्य रहने
– प्रशस्त मात्रामा उमालेको पानी पिउने
– धेरै मात्रामा झोल पदार्थ पिउने

बिहानदेखि बेलुकासम्म के–के गर्ने ?
– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने
– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने
– शौचालय जाँदा र बाहिरबाट घर फर्केेपछि २० सेकेण्ड मिचीमिची हात धुने
– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने
– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने
– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ५९ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा