माओवादीलाई क्लीन स्वीप हुँनबाट जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश « Khabarhub

माओवादीलाई क्लीन स्वीप हुँनबाट जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लीन स्वीप’ हुनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।

सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेस क्लीन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उनी इलामका १० वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।

इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाली कांग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, र राष्ट्रिय जनमुक्ति मोर्चाले एक एक वडाध्यक्ष जितेका थिए ।

एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले