माओवादीलाई क्लीन स्वीप हुँनबाट जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश « Khabarhub

माओवादीलाई क्लीन स्वीप हुँनबाट जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लीन स्वीप’ हुनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।

सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेस क्लीन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उनी इलामका १० वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।

इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाली कांग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, र राष्ट्रिय जनमुक्ति मोर्चाले एक एक वडाध्यक्ष जितेका थिए ।

एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : १६ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा