सिरहामा पूर्ण खोप लगाउनेको संख्या ४८ प्रतिशत « Khabarhub

सिरहामा पूर्ण खोप लगाउनेको संख्या ४८ प्रतिशत


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा लक्षित उमेर समूहमध्ये ४८ प्रतिशत जनताले मात्र पूर्ण खोप अर्थात दोश्रो डोजको कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार १८ वर्ष र त्यसभन्दा माथि उमेर समूहको दोश्रो डोजको प्रगति ४८ प्रतिशत रहेको छ । त्यस्तै, प्रथम डोजको खोप लगाउनेको संख्या ६२ प्रतिशत रहेको छ । त्यसैगरी, १२ देखि १७ वर्ष उमेर समूहमा प्रथम डोजको प्रगति ८९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सिरहामा विद्यार्थीहरूलाई खोपः
सोमबार बसेको सिरहा जिल्ला कोभिड व्यवस्थापन समिति एवम् जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार गोलबजार, धनगढीमाई, सुखीपुर, अर्नामा, औरही, भगवानपुर र लक्ष्मीपुरपतारीका विद्यालयहरूमा १८ गतेसम्म विद्यार्थीलाई मोडर्ना खोप लगाइने छ ।

त्यस्तै, सिरहा, लहान, कल्याणपुर, मिर्चैया, कर्जन्हा, नरहा, सखुवानन्कारकट्टी र विष्णुपुरका विद्यालयहरूमा १९ गतेसम्म खोप कार्यक्रम सञ्चालन रहने छ ।

बरियारपट्टी र नवराजपुरमा भने १४ गतेसम्म खोप कार्यक्रम चलेको थियो । सरकारले १२ देखि १७ वर्षका विद्यार्थीहरूलाई विद्यालयहरूमा नै खोपको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : १३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज