सिरहामा पूर्ण खोप लगाउनेको संख्या ४८ प्रतिशत « Khabarhub

सिरहामा पूर्ण खोप लगाउनेको संख्या ४८ प्रतिशत


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा लक्षित उमेर समूहमध्ये ४८ प्रतिशत जनताले मात्र पूर्ण खोप अर्थात दोश्रो डोजको कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार १८ वर्ष र त्यसभन्दा माथि उमेर समूहको दोश्रो डोजको प्रगति ४८ प्रतिशत रहेको छ । त्यस्तै, प्रथम डोजको खोप लगाउनेको संख्या ६२ प्रतिशत रहेको छ । त्यसैगरी, १२ देखि १७ वर्ष उमेर समूहमा प्रथम डोजको प्रगति ८९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सिरहामा विद्यार्थीहरूलाई खोपः
सोमबार बसेको सिरहा जिल्ला कोभिड व्यवस्थापन समिति एवम् जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार गोलबजार, धनगढीमाई, सुखीपुर, अर्नामा, औरही, भगवानपुर र लक्ष्मीपुरपतारीका विद्यालयहरूमा १८ गतेसम्म विद्यार्थीलाई मोडर्ना खोप लगाइने छ ।

त्यस्तै, सिरहा, लहान, कल्याणपुर, मिर्चैया, कर्जन्हा, नरहा, सखुवानन्कारकट्टी र विष्णुपुरका विद्यालयहरूमा १९ गतेसम्म खोप कार्यक्रम सञ्चालन रहने छ ।

बरियारपट्टी र नवराजपुरमा भने १४ गतेसम्म खोप कार्यक्रम चलेको थियो । सरकारले १२ देखि १७ वर्षका विद्यार्थीहरूलाई विद्यालयहरूमा नै खोपको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : १३ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा