सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने « Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठकमा चुनावी गठबन्धनका विषयमा छलफल हुनेछ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा जित हासिल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूबिचमा छलफल हुन लागेका हो।

यसअघि सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ।

सरकारमा सहभागी नभएको तर गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा पनि बैठकमा सहभागी हुने भएको छ। जनमोर्चाकी सांसद दुर्गा पौडेलले १० बजे बैठक राखिएको जानकारी आएकाले एक जना प्रतिनिधि सहभागी हुने खबरहबलाई बताएकी छन्।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ७ : ०५ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च