सत्ता गठबन्धन बैठकको निर्णय : महानगरको तालमेल केन्द्रबाटै, अन्यको स्थानीय तहमै « Khabarhub

सत्ता गठबन्धन बैठकको निर्णय : महानगरको तालमेल केन्द्रबाटै, अन्यको स्थानीय तहमै

चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने


१७ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सहमति गरेका छन् । आज बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएको हो ।

महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिइएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने निर्णय पनि गठबन्धन नेताहरूले गरेका छन् ।

स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति समेत भएको बैठकमा सहभागी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । संयन्त्र बनाउने विषयमा अर्को बैठकमा छलफल हुने उनको भनाइ छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोक राई, पूर्णबहादुर खड्का, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १ : ०० बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र