मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ


१७ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगन्ज महानगरपालिका–१४ बस्ने दिनेश प्रसाद राउतको ना. ३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२५ बस्ने आकाश कुमार पटेल, दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका–२० बस्ने मनिर मियाँ अन्सारी रहेका छन् । चैत ४ गते राति वीरगन्ज महानगरपालिका–२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको थियो । 

मोटरसाइकलमा ना. २५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उक्त मोटरसाइकल वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 

यसैगरी वीरगन्ज महानगरपालिका–१ बस्ने सन्जु रामको प्रदेश २–०३–०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरी रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १ : ०९ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो