सत्तागठबन्धनले चुनावी तालमेलका लागि संयन्त्र बनाउने « Khabarhub

सत्तागठबन्धनले चुनावी तालमेलका लागि संयन्त्र बनाउने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तागठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा-छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनको भनाइ छ । प्रतिवेदनका आधारमा नै प्रदेश, जिल्ला र स्थानीय तह स्तरमा हुने तालमेलका विषयमा आवश्यक निर्णय गरिने कार्कीले बताए ।

कार्कीले आगामी निर्वाचनमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्ने उल्लेख गरेका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराएको कार्कीले बताए । 

बैठकमा गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ३ : २१ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६