सत्तागठबन्धनले चुनावी तालमेलका लागि संयन्त्र बनाउने « Khabarhub

सत्तागठबन्धनले चुनावी तालमेलका लागि संयन्त्र बनाउने


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तागठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा-छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनको भनाइ छ । प्रतिवेदनका आधारमा नै प्रदेश, जिल्ला र स्थानीय तह स्तरमा हुने तालमेलका विषयमा आवश्यक निर्णय गरिने कार्कीले बताए ।

कार्कीले आगामी निर्वाचनमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्ने उल्लेख गरेका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराएको कार्कीले बताए । 

बैठकमा गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ३ : २१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका