पीएनजीविरुद्ध नेपालको शानदार जीत, करण केसीको ह्याट्रिक « Khabarhub

पीएनजीविरुद्ध नेपालको शानदार जीत, करण केसीको ह्याट्रिक


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्यू गिनी पीएनजीलाई ३७ रन ले पराजित गरेको हो ।

२ सय ४ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ४ बलमा मात्र १ सय ६६ रन बनाउन सफल भयो । पीएनजीलाई लक्ष्य पुरा गर्नबाट रोक्न नेपालका करन केसीले ह्याट्रिकसहित ५ विकेट लिए ।

उनले अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । नेपालका लागि अविनाश बोहोरा र सोमपाल कामीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६ रन, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।

आरिफ शेखले अविजित २ र करन केसीले १ रन जोडे । दिलिप नाथ शून्य रनमा आउट भए भने अविजित रहेका कप्तान सन्दीप लामिछानेले पनि रन जोड्न असफल रहे ।

(भूलसुधार- यसअघि प्रकाशित समाचारको शीर्षकमा करण केसी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।)

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा