अवैध लागूऔषध सहित पाँच जना पक्राउ « Khabarhub

अवैध लागूऔषध सहित पाँच जना पक्राउ


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ र दाङबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ बस्ने २४ वर्षीय विशाल सुनार र सोही नगरपालिका–९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् ।  ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पूलजिपबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१७ भानु महराबाट करिब ७ ग्राम ८७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ बस्ने २४ वर्षीय पुजन राज कुँवर लगायत छन् । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१७ भानु महरा बस्ने २७ वर्षीय सुबास जिएमको घरमा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १२ : ३६ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार