हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी- ४’ को प्रदर्शन रोकियो  « Khabarhub

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी- ४’ को प्रदर्शन रोकियो 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफक्यूब मल्टिप्लेक्सले चलचित्र  ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न १२ बजेको शो रोकिएको हो । 

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको छ । बाहिर विरोध प्रदर्शन भएपछि मध्याह्न १२ बजेको शो स्थगित गरिएको एफक्यूबले जनाएको छ । पक्राउ परेका युवालाई रिहा गर्नुपर्ने र अभिनेत्री मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै केएल टावर अगाडि विरोध प्रदर्शन भइरहेको हो । मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । 

चलचित्र प्रदर्शनको क्रममा हल भ्रमणमा निस्किएको चलचित्रको टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षु लामाले ‘ब्याड टच’ गरेको उनले आरोप लगाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई रिहाइ गर्ने विषयमा विभिन्न संघसंस्थाले प्रहरीसँग छलफल चलाइरहेका छन् । उनको रिहाइको माग गर्दै बिहानैदेखि प्रदर्शन भएको हो ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : ३८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।